काठमाडौं,
आषाढ ९ ।
नेपाली नारीको महान् पर्वको उपमा पाएको तीजलाई लक्षित गरी गीत सङ्गीत सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका लक्ष्मि प्रधान पुरीको स्वरमा रहेको नयाँ तीज गीत ‘वर्ष दिनको तीज आउँदा…’को भिडियो सार्वजनिक भएको छ ।
बिना माझीको शब्द सङ्कलन, जीवन बाबुको सङगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई दीपक जोशीले निर्देशन गरेका छन । भिडियोमा विना माझी, सुभेच्छा नेपाल, मेरिना माझी, करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
https://www.youtube.com/watch?v=HRvCnOp6nPE






