साउन २५ मा आउने भयो पिरिम पर्या छन्

काठमाडौं,
आषाढ ८ ।

आगामी साउन २५ देखि सिनेमाघरमा आउने भएको छ चलचित्र पिरिम पर्या छन् । निर्देशक पुरन थापाले शुक्रबार चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

निर्देशक पुरनकै लेखन रहेको चलचित्रमा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । सार्वजनिक चलचित्रको पोस्टरमा प्रमुख कलाकारलाई अटाइएको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘पिरिम पर्या छन्’ बिमल ढकालले खिचेका हुन् । निर्देशक पुरनको नयाँ चलचित्र फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो चलचित्रभन्दा अघिनै पुरनले पिरिम पर्या छन् दर्शकमाझ ल्याउन लागेका हुन् ।

गाउँले परिवेशको समाजीक हाँस्य चलचित्रका रुपमा बताइएको पिरिम पर्या छन्का गीतमा बिकास चौधरी र बिनोद भुजेलको सङ्गीत र बाबु बलामीको द्वन्द्व छ । चलचित्रलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार