काठमाडौं,
आषाढ ८ ।
शुक्रबार प्रदर्शन अन्तर्गत आज देखि देशभरका सिनेमाघरमा चलचित्र तिमी हुन्छौ जहाँ–जहाँ प्रदर्शनमा आएको छ । राजधानी र मोफसल गरि ७५ चलचित्र भवनमा ‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न सकिने निर्माता मदन दवाडीले जानकारी दिए ।
अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले दर्शकको मन जित्ने जिकिर निर्माता मदनको छ ।
मदनसँगै डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको समेत चलचित्रमा लगानी छ । विकाश बस्यालको निर्देशन रहेको र त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतको अभिनय देख्न सकिन्छ । वर्षा शिवाकोटीले यसमा अतिथि भूमिका निर्बाह गरेकी छन् ।
‘तिमी हुन्छौ जहाँ जहाँ’ मा रामशरण उप्रेतीको छायाँकन, कबिराज गहतराजको नृत्य, अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।






