ओजस्बी र सन्ध्यालाई मिष्टर एन्ड मिस एसईई ग्ल्यामको उपाधि

काठमाडौं,
आषाढ ६ ।

ओजस्बीराज थापा र सन्ध्या अर्यालले ‘मिष्टर एन्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि हात पारेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत सन्ध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् ।

राजधानीको रसिएन कल्चर सेन्टर कमल पोखरीमा आयोजित कार्यक्रममा एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ समेत गरेर तीन बिजेता एकसाथ छानिएको थियो । जसमा ‘मिस एसईई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् ।

कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ तर्फ रिकेश घिमिरे र समिक्षा मिजार फष्टरनर अफ चुनिदा सेकेन्ड रनर अप दीजन भट्टराई र सबिना बुढाथोकी भए । मिस एसईई युनिभर्सल तर्फको फष्ट रनर अफ, सेकेन्ड रनर अप र थर्ड रनर अप क्रमश अनुजा खनाल, प्रनिसा राय, अनुपम अधिकारीले प्राप्त गरे ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका लागि आषिशकुमार मिश्र आयोजक रहेको प्रतियोगीता ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को छात्रतर्फ बिशाल तामाङ मष्ट डिजरभिङ, राहुल चन्द बेष्ट फिजिक, राम ढुङ्गाना मष्ट फोटोजेनिक, सागर चौधरी बेष्ट वाक, रिकेस घिमिरे मोष्ट ट्यालेन्ट, लिकेश तामाङ मष्ट ह्याण्डसम, डिजन भट्टराइ बेष्ट स्पिच, राकेश खिउजु सोशल एमबासडर र संजय तामाङ बेष्ट पर्सनालिटी छानिदा छात्रातर्फ समिक्षा मिजार मिस क्याटवा, इन्चि शेर्पा भियुर च्वाइ, श्रद्धा सुवेदी बेष्ट डान्स, अकेसा केसी मष्ट गर्रजिअस, सस्मित बेष्ट हेयर, रोशनी कटुवाल बेष्ट पर्सनालिटी, प्रज्ञा सेन्च्युरी बेष्ट स्माइल र फोटो जेनिक, नेहा जोशी बेष्ट स्क्रिन, कशिस घले फेसन आइकन सबिना बुढाथोकी मष्ट डिर्जभिङ, श्रद्धा केसी बेष्ट सिंगर, प्रान्जली खड्का ब्युउटी विथ परपस र सलिना मष्ट ट्यालेन्ट घोषित भए ।

अश्विनी झाको कोरियोग्राफी र आकाश गिरीको कार्यक्रम संयोजन रहेको प्रतियोगितामा मिस एसईई युनिभर्सलतर्फ क्रितिका सुवेदी फेसन आइकन, अलिसा ढकाल फोटोजेनिक र मष्ट डिसिप्लेन, नम्रता सापकोटा मष्ट चार्मिङ, मोनिका श्रेष्ठ ब्युउटी विथ परपस र बेष्ट फिजिक, आसिका पनित बेष्ट स्क्रिन, समृति श्रेष्ठ बेष्ट स्माइल, अमिस बिश्वकर्मा मष्ट गरजिअस, चाहना लामा बेष्ट हेयर, मन्दिपा मगर मष्ट फ्रेन्डली, स्वरनिमा केसी बेष्ट डान्स र विमला लम्साल बेष्ट स्पीच सव टाइटल बिजेता बने ।

साङ्गीतिक प्रस्तुति सहित आयोजित प्रतियोगिताका शिर्ष बिजेताले ताज सहित बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार