काठमाडौं,
आषाढ ६ ।
चलचित्र नयाँ बाटोको पहिलो गीत सार्वजनिक भएको छ । तामाङ तथा नेपाली भाषामा दर्शक सामु पुर्याउँने लक्ष्य सहित निर्माण गरिएको चलचित्र ‘नयाँ बाटो’ (छार ग्यालम्)को ‘माया लाउ माया लाउ’ गीत सार्वजनिक गरिएको हो ।
कोशीपारी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण गरिएको चलचित्र ‘नयाँ बाटो’को पहिलो पटक सार्वजनिक गरिएको गीतमा सुदिप न्यासुरको शब्द तथा सङ्गीतमा सुदिप न्यासुर र बबिता पाख्रिनको स्वर रहेको छ भने धनबहादुर तामाङ (सागर) र प्रभा घिसिङले अतिथी भूमिकामा नृत्य गरेको देख्न सकिन्छ ।
कुमार मोक्तान, सुनिता लुङ्बा, राजिव तामाङ (राहुल), संगीता दोङ, लक्ष्मण बस्नेत, हस्त बहादुर गोले, सुर्य बहादुर गोले, दीपा वाईबा, धुर्व सिंह तामाङ (छिरिङ) प्रकाश श्रेष्ठलगायतको मुख्य भूमिका रहेको यस चलचित्रमा पबिना तामाङ र दीपा वाईबा निर्माताका रुपमा रहेका छन् ।
हस्तबहादुर गोले र सुर्यबहादुर गोले सहनिर्माता रहेको चलचित्रमा हर्कबहादुर तामाङ कार्यकारी निर्माता रहेका छन् ।
अहिले पोष्ट प्रोडक्सनको काम भई रहेको यो चलचित्र ‘नयाँ बाटो’ (छार गल्याम्) मा राजिव तामाङ (राहुल), सुदिप न्यासुर र रुपेन मोक्तानको शब्द, बुद्ध स्याङ्बा, सुदिप न्यासुर र प्रयास दोङको संगीत, राजु किराँतको द्वन्द्व, लक्ष्मण घिमिरेको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन रहेको छ भने चलचित्रको निर्देशन र कोरियोग्राफी दुवै विधा धनबहादुर तामाङ (सागर)को रहेको छ ।
https://www.youtube.com/watch?v=0fQiWz3ZeI0&feature=youtu.be






