प्रेममा परेको कुरा कसलाई सुनाऊँ भन्दै रोशन र आस्था (भिडियोसहित)

काठमाडौं,
आषाढ ५ ।

दीपक लिम्बुको स्वर, ज्योति पौडेलको शब्द र राजु सिंहको सङ्गीत रहेको गीत ‘कसलाई सुनाऊँ…’ सार्वजनिक भएको छ । रोशन केसी र आस्था अधिकारीलाई फिचरिङ गरिएको गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा प्रेममा परेको र यो कुरा कसलाई सुनाऊँ भन्दै छन् मोडल रोशन र आस्था । क्यानडाका विभिन्न रमणीय स्थानमा छायाँकन गरेको भिडियो आकर्ष देखिनुका साथै मोडलद्वयको अभिनय उत्कृष्ट रहेको छ । रोशन लामो समयदेखि क्यानडामा बस्दै नेपाली कला संस्कृतिको श्रीवृद्धिमा तल्लिन छन् ।

युवराज अधिकारीको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोलाई बेष्ट टोन म्युजिक मार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार