काठमाडौं,
आषाढ ३ ।
नेपाली चलचित्र क्षेत्रमा नायक नायिका देखि कलाकार बन्नेहरु तथा आफुलाई यस क्षेत्रमा स्थापित गराउन लागि पर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । नेपाली सिने क्षेत्रमा पछिलो समय सम्भाबना बोकेर उदाएका नायक हुन दिवस धिताल ।
धेरै लामो सङ्घर्ष अनि मेहनत पछि चलचित्र क्षेत्रमा प्रवेश गरेका नबनायक दिवस धिताल मिष्टर फ्रेसर सन २०१५ र सन २०१६ को नेपाल फेश अफ द ईयरका बिजेता समेत हुन । दर्जनौ म्युजिक भिडियो, २ चलचित्र (हिटलर र यो मायाँ कस्तो मायाँ) मा अभिनय गरिसकेका चक्लेटि नायक दिवसले दर्जनौ सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी समेत गरिसकेका छन् ।
ब्युटी पेजेन्ट तथा फेसन शो हरुको सफल आयोजनादेखि यस्ता प्रतियोगिताहरुमा मोटिभेसन क्लासहरु समेत दिदै आएका दिवस धिताल अग्लो कद, मिलेको सुगठित शरीर, हसिलो मुहार, चक्लेटी अनुहार भएका छन भने नृत्य र अभिनय समेत पोख्त छन । विभिन्न थिएटरहरुमा अभिनयको समेत प्रशिक्षण लिएका नायक दिवस थिएटर नाटकहरुमा समेत सक्रिय छन ।
उनी अभिनित पछिल्लो चलचित्र ‘यो मायाँ कस्तो मायाँ’ यतिवेला प्रर्दशनको पर्खाईमा छ । गतसाता मात्र यो चलचित्रको पहिलो गीत राजधानिमा एक कार्यक्रमबीच सार्बजनिक गरिएको थियो ।






