असार १५ देखि सिनेमाघरमा ‘ए..सोल्टिनी’

काठमाडौं,
आषाढ १ ।

चलचित्र ‘ए..सोल्टिनी’ असार १५ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ए सोल्टिनी चलचित्रको प्रदर्शन मिति तय भएको हो ।

निर्देशक निमा लामा तामाङले आफ्नो चलचित्र असार १५ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शन हुने जानकारी दिए ।

दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले, गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ए सोल्टिनीको बितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली चलचित्र हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली चलचित्र निर्देशन गरेका छन् ।

काठमाडौ उपत्यका वरिपरि खिचीएको चलचित्रमा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ ।

कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो चलचित्र भरिपूर्ण भएको निर्देशन निमाको दावी छ । बिश्वास भण्डारीले छाया“कन तथा सम्पादन रहेको चलचित्रमा सोमलाल बाइवा र बिनय केटुको सङ्गीत छ । राज गोलेले द्वन्द्व निर्देशन गरेको चलचित्रको कोरियोग्राफी अभि लामाले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार