काठमाडौं,
आषाढ १ ।
नेपाल प्रहरीमा कार्यरत एस्पी भीम ढकाल गीतकारका रूपमा देखा परेका छन् । ‘सपनाको राजा तिमी…’ बोलको गीतमार्फत् उनी नेपाली साङ्गीतिक बजारमा प्रवेश गरेका हुन् । आनन्द राईको सङ्गीत रहेको उक्त गीतमा मेलिना राईको सुमधुर स्वर रहेको छ ।
गीतको भिडियोलाई युटुुबमार्फत् सार्वजनिक गरिएको हो । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा मोडलद्वय निराजन प्रधान र एलिसा राईलाई फिचरिङ गरिएको छ । मनिता गहतराजको कोरियोग्राफी र नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।






