नेक्स्ट सुपर टप्स मोडल नेपालको दोस्रो संस्करण हुने

काठमाडौ,
ज्येष्ठ २१ ।

नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङ्स नेपाल प्रा.लि.ले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना गर्ने भएको छ । रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिशन भएको उक्त सौन्दर्य प्रतियोगितामा २४ जना प्रतिस्प्रधी युवायुवती छनौट भएका छन् भने अन्य प्रतियोगिहरुको लागि मोडल सङ्स नेपाल प्रा.लि.को कार्यालय एयरपोर्ट सिनामंगल काठमाडौँ बाट धमाधम छनौट भईरहेको कुरा आयोजक सस्थाले जानकारी गराएको छ ।

पहिलो अडिसनमा आयोजक डेबिलसिह राजपुत, मोडल तथा नर्सिङ डाइरेक्टर सिर्जना महत, फेसन डिजाइनर ममता बस्नेत, आयोजक सुजन रिमाल, मोडल तथा कोरियोग्राफर दिवस भट्टराईले प्रतियोगिहरुलाई छनौट गरेका थिए ।
उक्त प्रतियोगिता भबिष्यमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधामा प्रतिनिधित्व गराउने उद्देश्यले यो प्रतियोगिता गरिदै आएको कुरा मोडल सङ्स नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन ।

मोडल सङ्स नेपाल प्रा.लि.ले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगिहरुले सङ्स नेपाल प्रा.लि.को कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्मक र महिलाको उचाइ ४’ ५” र पुरुष ५’ ५” भन्दा माथिका तथा बिबाहित अबिबाहित दुवै प्रतियोगिहरुले भाग लिन पाउनेछन । उक्त प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगिहरुलार्इ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए ।

यसमा तपाइको मत

अन्य समाचार