काठमाडौं,
ज्येष्ठ २० ।
गायक तथा सङ्गीतकार चेतन सापकोटा घरको याद आयो भन्दै आएका छन् । उनले हालै स्रोता/दर्शकमाझ ल्याएको गीतमा यस्तो भन्दै आएका हुन् ।
चेतनै कै निर्देशनमा तयार भएको गीतको भिडियोमा परदेशमा बस्नेको पिडा बोलेको छ । परदेशमा बसेर घरको याद आएको कुरा गीतमा व्यक्त गरिएको छ । सापकोटाकै शब्द रचना रहेको गीतमा राजु, रोमा कंडेल, डोचाराम सापकोटाको अभिनय रहेको छ ।
चेतन सापकोटाले प्रबासमा रहेर नेपाली गीत सङ्गीतमा केही गर्ने चाहना राख्ने प्रतिभाहरु लाइ साङ्गीतिक क्षेत्रमा भित्र्याई रहेका छन् । केहि समय पहिले बेल्जियम बस्दै आएका नारायण धिताल र अर्जुनरत्न भिकारीको एल्बम ‘जय माया प्रेम’ सार्बजनिक गरेका थिए । यो पटक जापान बस्दै आएका राजु कंडेललाइ प्रस्तुत गरेका छन् ।
बिशाल भट्टले छायाँकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । बी. स्टार नेपालको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।






