सुभास घई काठमाडौंमा

काठमाडौं,
ज्येष्ठ २० ।

राजधानीको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड ईन्टरनेस्नलको संयुक्त आयोजनामा हुन लागेको चलचित्र सम्बन्धि सेमीनारको लागी बलिउडका शो म्यान, चर्चीत चलचित्र निर्देशक सुभास घई, लेखक अन्जुम राजाबली र निर्देशक घई को टिम नेपाल आइपुगेका छन् ।

कार्यशालामा बिशेषगरी मिडीया नलेज, स्कृप्ट राईटिङ्ग, मोवाईल फिल्म मेकिङ्ग र फेसन डिजाइनमा केन्द्रित हुने बताइएको छ । यही वर्कशपको लागि मुम्बईबाट निर्देशक घईसँगै अन्य विधाका विज्ञहरु स्कृप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर, निशा चन्दा, चलचित्र मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का मेनेजीङ डिरेक्टर राहुल पुरी र नेपालबाट दिनेश डिसी सहभागी हुनेछन् ।

आज ज्येष्ठ २० मा होटल अन्नपुर्णमा विहान ९ बजे देखी साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपले नेपाली चलचित्र, फेसन र मिडीयालाई अझ बढी बिस्तारित बिनाउने विश्वास लिएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।

विस्लीङ्ग उडका फाउण्डर चेयरमेन समेत रहेका घईले नेपाली चेली मनिषा कोइरालालाई सन् १९९१ मा चलचित्र ‘सौदागर’बाट बलीउडमा इन्ट्रि गराएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार