काठमाडौं,
ज्येष्ठ १२ ।
जापानमा नेपाली चलचित्र र सङ्गीत दुवै विधामा अवार्ड हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सुर्य कर्पोरेसनले जापानको टोकियोमा सेलिब्रेटी अवार्ड आयोजना गर्न लागेको हो ।
कर्पोरेसनले शुक्रबार मात्रै पहिलो ब्यानर सार्बजनिक गर्दै अवार्डको घोषण गरेको हो । डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड आयोजना हुनेछन् । जापानको टोकियोमा साँस्कृतिक कार्यक्रमबीच अवार्ड गर्न लागेको आयोजक संस्थाका बासुदेव लामिछानेले बताए ।
उनका अनुसार अवार्डमा नेपालबाट नयाँ पुराना कलाकार टोकियोको एकै स्टेजमा जमघट हुनेछन् । सुर्य इन्टरनेशनल अवार्ड नाम दिइएको अवार्डमा नेपाली चलचित्र र सङ्गीत दुवै विधामा नोमिनेसन छनोट गरी अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ ।
चलचित्र र सङ्गीत गरि जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने ब्यवस्था रही अनलाइन भोटिङ्ग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा सभ्य र भब्य अवार्ड गरिने तयारी भईरहेको बासुदेव लामिछानेले बताए ।






