सिनेमाघरमा सुनकेसरीसँग कोसेली र अफिसर

काठमाडौं,
ज्येष्ठ ११ ।

शुक्रवार प्रदर्शन अन्तर्गत देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र सुनकेसरी, कोसेली र अफिसर हुन् ।

चलचित्रकी निर्माता एवम् अभिनेत्री ऋचा शर्माले निर्माण गरेको चलचित्र सुनकेसरीलाई अर्पण थापाले निर्देशन गरेका छन् । हरर जनराको यो चलचित्र अस्ट्रेलियामा छायाँकन गरिएको हो ।

प्रदर्शनको पूर्वसन्ध्यामा सुनकेसरीको बिहीबार साँझ ठमेलस्थित छाया सेन्टरमा प्रिमियर सो गरियो । प्रिमियरमा चलचित्रले तारिफ पाएको छ । जम्मा ८० मिनेट लामो चलचित्रमा ऋचा स्वयम्, सन्नी ढकाल, रवीन्द्र झा, अस्टेलियन अभिनेत्री लरेन लोफ्वर्ग, सुनील पराजुली, भीम न्यौपानेलगायतले अभिनय गरेका छन् ।

निर्देशक अर्पणकै लेखन रहेको चलचित्रको निर्मातामा मनोज अधिकारी, भीम न्यौपाने, शर्मिला सापकोटा, धर्मराज अधिकारी, आशिष चोख्याललगायत छन् ।

आजैदेखि सिनेमाघरमा ‘कोसेली’ र ‘अफिसर’ चलचित्र पनि प्रदर्शनमा आएका छन् । मनोज खत्रीको लेखन र निर्देशनमा बनेको कोसेलीमा मनोज आफैँ, दिनेश शर्मा, सिद्धान्त बोहोरा, रचना लामा, सुरज ढकाललगायतले अभिनय गरेका छन् । कोसेली पहिला पुस पहिलो साता प्रदर्शनमा आउने तयारीमा थियो ।

चैत २ गते प्रदर्शनमा आउने घोषणा गरेर पछि हटेको अफिसर पनि आजैबाट प्रदर्शन भएको हो । अविरल बग्दछ इन्द्रावतीजस्तो चर्चित टेलिशृृंखलामा शोभिते नामक चरित्र निर्वाह गरेका उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको अफिसरमा आयुष रिजाल, गणेश उप्रेती, निरञ्जन शर्मा, सपना सिंह ठकुरीलगायतले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार