मेलमिलाप गराउँदै प्रियंका (भिडियोसहित)

काठमाडौं,
ज्येष्ठ १० ।

अभिनेत्री प्रियंका कार्की गाउँकी सहजकर्ता बनेकी छन् । यी अभिनेत्रीले हालै संघीय मामला तथा स्थानिय विकास मन्त्रालयको लागि जाइका नेपालको सहयोगमा बनेको एक शर्ट फिल्ममा अभिनय गरेकी छन् । जसमा उनी मेलमिलापकर्ता बनेकी छन् ।

शुभ मिडिया होमले निर्माण गरेको उक्त चेतनामूलक फिल्ममा उनले दुई जोडीको बिवादलाई मिलाएकी छन् । दीपक आचार्यको निर्देशनमा बनेको फिल्म ‘गाउँको मेलमिलाप’मा हरिजंग थापाको पटकथा तथा संवाद छ ।

फिल्ममा दिनेशकुमार थपलियाको लेखन, गोकुल अधिकारीको सिनेम्याटोग्राफी, अमन मानन्धर र अशोक चौधरीको सम्पादन छ ।

यस फिल्मा प्रियंकाका अलावा देशभक्त खनाल, मिश्री थापा, शम्भु थापा, प्रिया रिजाल, दीपक आचार्य, विनोद राई, काजी रम्तेललगायतका कलाकारको अभिनय छ ।

https://youtu.be/SXuoRetqHc8

यसमा तपाइको मत

अन्य समाचार