ज्येष्ठ ११मा कोशेली

काठमाडौं,
ज्येष्ठ ६ ।

ज्येष्ठ ११ देखि देशभरका सिनेमाघरमा चलचित्र कोशेली आउने भएको छ । गत वर्षको पौष ७ रिलिज मिति तोकिएको यो चलचित्र सो मितिबाट सरेर ज्येष्ठ ११ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको चलचित्रमा मनोज खत्रीको लेखन तथा निर्देशन छ । निर्देशक खत्रीले चलचित्रको प्राविधिक काम सक्न समय लागेकाले पौषबाट जेठमा पुगेको बताए । ‘अहिलेको पुस्ताले मनपराउने समसामयिक कथालाई चलचित्रमा प्रस्तुत गरेका छौं,’ उनले भने, ‘युवापुस्ताको प्रेमकथालाई प्राथमिकता दिइएकोले पनि चलचित्रलाई दर्शकले मनपराउनेमा हामी ढुक्का छौं ।’

भोले बाबा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । चलचित्रमा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ ।

अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको सङ्गीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी रहेको यो चलचित्रमा रवि कोइरालाको छायांकन छ ।

यही मितीमा अर्थात जेठ ११ मा ऋचा शर्माको चलचित्र ‘सुनकेशरी’ पनि सिनेमाघरमा आउँदै ।

यसमा तपाइको मत

अन्य समाचार