काठमाडौं,
ज्येष्ठ ३ ।
गायिका निशा जी. एम.को स्वरमा झर्की झर्की गीत सार्वजनिक भएको छ । अर्जुन पोखेरलको शब्द, सङ्गीत र एरेन्ज रहेको गीत झर्की झर्की युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा एन्नी, एस राज, निशा र रमेशलगातलाई फिचरिङ गरिएको छ । माइकल चन्दले निर्देशन गरेको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन भने सिलान लम्सालले सम्पादन गरेका छन् ।






