छायाँछविको सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं,
ज्येष्ठ २ ।

छायाँछवि क्रियशनले डी सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदानगर्दै आएको सम्मान एवम् पुरस्कारको घोषणा गरेको छ । यसवर्ष हास्य साम्रागी बसुन्धरा भुसाललाई लाईफटाइम लिजेन्ड्री, प्रदर्शक एवम् वितरक नरेन्द्र महर्जन र कलाकार मैसमी मल्ललाई रजत सम्मान एवम् श्याम अर्याललाई पत्रकारिता पुरस्कार प्रदना गर्ने भएको हो । पत्रकारित पुरस्कार–०७५मा रु १० हजार १० रुपैया नगद राशि रहेको छ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले यो सम्मान तथा पुरस्कार जेष्ठ १० गते राष्ट्रिय सभागृहमा हुने इएनआई डी सिने अवार्ड–०७५का अवसरमा प्रदान गरिने जानकारी गराए ।

अध्यक्ष प्रियले यसपटकदेखि डी सिने अवार्डलाई इएनआई लुब्रीकेट्सले प्रायोजन गरेको बताए । साथै इएनआई डी सिने अवार्ड ०७५मा पावर वाईको रुपमा टेन्सवर्ग वियर रहेको छ । अवार्ड भव्य एवम् सभ्य रुपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले बताए ।

यसमा तपाइको मत

अन्य समाचार