भुवन सुप्तिहाङको पाथीभरा (भिडियोसहित)

काठमाडौं,
ज्येष्ठ १ ।

गायक तथा सङ्गीतकार भुवन सुप्तिहाङ राई पुर्वको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभराबारे गीत एवम् भिडियो ल्याएका छन् । उनले पाथीभरा घुम्न जान प्रेरित गर्ने गीत एवम् भिडियो ल्याएका हुन् ।

ताप्लेजुङको उच्च पहाडी इलाकामा रहेको ‘पाथीभरा देवीको दर्शन गर्दा मनले चिताएको पुग्छ’ भन्ने जनविश्वास छ । त्यस्तैले भुवनले गीतमार्फत पाथीभरा दर्शन गर्न जाँदा मनमा हुने एक किसिमको उत्साह र गरिमालाई दर्साएका छन् ।
भुवनकै शब्द तथा सङ्गीत रहेको यस गीतको भिडियोको छायांकन पाथीभरातिरै गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार