बाल गायिका स्वप्निलको आमा तिम्रो माया (भिडियोसहित)

काठमाडौं,
वैशाख ३० ।

दर्शक/स्रोतामाझ नयाँ गीत ‘आमा तिम्रो माया’ आएको छ । बाल गायिका स्वप्निल गुरुङको ‘आमा तिम्रो माया’ नयाँ गीत सार्वजनिक भएको हो ।

मित्र के.सी.को शब्द, सङ्गीत रहेको गीतलाई सन्दिप राईले सङ्गीत संयोजन गरेका छन् । मिना लामाको निर्देशन, एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा दोर्जे डोल्मा गुरुङ, सुमिना तामाङ र मञ्जुश्री बाल गृहका बालबालिकाको अभिनय रहेको छ ।

बाल गायिका स्वप्निल गुरुङले छोटो समयमा पाएको चर्चाले भविष्यमा गायन क्षेत्रमा उनको राम्रो स्थान बन्ने विश्वास गर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=kwxJcXxEU4w

यसमा तपाइको मत

अन्य समाचार