प्रतिविम्वको रेशमी रेशमी कपालै लिएर आए दिपेन (भिडियोसहित)

काठमाडौं,
वैशाख २९ ।

गायक दिपेन गुरुङको ‘रेशमी रेशमी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियो दिपेनको पहिलो एल्बम ‘प्रतिविम्ब’को हो । अरु एल्बम र भिडियो गर्दागर्दै पहिलो एल्बममा समावेश ‘रेशमी रेशमी’को भिडियो ल्याउने बल्ल साइत जुरेको दिपेनले बताए ।

करिब दशकयता गीतसंगीत क्षेत्रमा क्रियाशिल दिपेन पछिल्लो केही समयदेखि अमेरिकामा बस्दै आएका छन् । अमेरिकामै भएर पनि उनले गीतसङ्गीतलाई निरन्तरता दिँदै आएका छन् । यसको पछिल्लो उदाहरण हो, ‘रेशमी रेशमी ।’

दिपेनको यस पछिल्लो गीतमा शब्द तथा सङ्गीत धनु ग्याङ्मीको रहेको छ । चन्दु गोर्खालीको एरेन्ज रहेको यस गीतको भिडियोलाई मनि के. राईले निर्देशन गरेका हुन् भने छायांकन समिर गुरूङले गरेका छन् । ओम प्रसाईले सम्पादन गरेको यस भिडियोमा सिर्जना क्षेत्री र राज गुरुङले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार