माइलीलाई माया मार्या छैन भन्दै रुपक डोटेल (भिडियोसहित)

काठमाडौं,
वैशाख २७ ।

हे माईली लाहुरेले माया मार्यो नभन भन्दै आएका छन् गायक रुपक डोटेल । उनले स्रोता/दर्शकमाझ ल्याएको गीतमा यस्तो भनेका हुन् ।

‘यो गीत २०६३ सालमानै गुरास एल्बममा समाबेस गरी स्रोताहरु माझ निकैनै लोकप्रियता हासील गरिसकेको थियो, त्यसैले उक्त गीतलाई अहिले गीतिको भिडियो सहित दर्शक/स्रोता माझ नौलो र नयाँ खुराकको रुपमा ल्याएको छु, आशा छ दर्शक स्रोताहरुले पहिला जस्तै मनपराइ दिनुहुनेछ’, रुपकले भने ।

भीम थापाको शब्द, सुरेश अधिकारी सङ्गीत र रुपक डोटेलको स्वर रहेको छ । गीतको भिडियोमा बालकलाकारको रुपमा गौरव के.सी., आधिक्षा पाहारी मुख्य कलाकारको रुपमा सुरेश के.सी. , दिया पाहारीको अभिनय रहेको छ ।

सुरेश केसीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई शुबास सुबेदीले छायाँकन र नेत्र गुरुङले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार