काठमाडौं,
वैशाख २५ ।
सोमबार दिउँसो एक कार्यक्रमका बीच सार्वजनिक भएको चलचित्र ‘झमक बहादुर’को ट्रेलर बलिउड चलचित्र ‘मुम्बई एक्सप्रेस’सँग मिलेको धेरैले भान पाए । कतिपयले तुरुन्त यो चलचित्र कपी गरिएको रहेछ भन्दै प्रतिक्रियासमेत दिए । यद्धपि चलचित्र निर्माण यूनिटले यो विषयमा स्पष्ट कुरा राखेको छैन ।
‘नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमडी चलचित्र ‘झमक बहादुर’ रहेको चलचित्र निमार्णपक्षले जनाएको छ ।
ट्रेलर रिलिज गरिएको २४ घण्टा नपुग्दै युट्युवमा यसलाई झण्डै तीन लाख पटक हेरिएको छ । २३ घण्टामा २ लाख ७५ हजार भ्युज रहेको यो ट्रेलर कमेडी नै कमेडीले भरिएको छ ।
चलचित्र श्रावण १८ गते रिलिज हुने जनाइएको छ । चलचित्रमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार थापा लगायतले अभिनय गरेका छन् । मिन कुमार तामाङ निर्मित यो चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।






