काठमाडौं,
वैशाख १८ ।
पञ्चेबाजामा आधारीत रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् ।
दर्शन डिजिटलको प्रस्तुतिमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैँले लेखेका छन् ।
गीतलाई हमाल म्युजिक प्रा.लि.का सञ्चालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छन् । विवस ठकुरी र विनु खड्काको अभिनय रहेको गीतमा शम्भु चालिसेको छायाँकन र सुजन शाहीका सम्पादन रहेको छ ।






