शिल्पा र दीपकको बग्ने खोला

काठमाडौं,
वैशाख १७ ।

लोकदोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलोपटक बग्ने खोला बगी गो बोलको लोकपप गीत दर्शकस्रोतामाझ पस्किएकी छिन् । भावनाले नै निर्माण गरेको गीतमा गायक रामचन्द्र काफ्लेले उनलाई गायनमा साथ दिएका छन् ।

दीपक शर्माको शब्द र सङ्गीत रहेकोे गीतको भिडियोमा हिरोइन शिल्पा पोखरेलका साथ मोडल, अभिनेता दीपक ढकाललाई प्रस्तुत गरिएको छ । देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ ।

दीपकले यस गीतमा नेपालमा बोलीने मौलीक भाषा र भाकालाई नवीन शैलीमा प्रस्तुत गरिएको बताउँछन् ।

यसमा तपाइको मत

अन्य समाचार