काठमाडौं,
वैशाख १७ ।
तिम्रो आँखैमा खेलुँ कि, तिम्रो बातैमा भुलुँ कि !
तिम्रो मुस्कानसँगै झुमु कि, तिम्रो रुपैको बाढीसँगै बगुँ कि म !!
बुद्ध योञ्जनको शब्द सुनिल गिरीकोे स्वर, संगीत रहेको उक्त गीतको म्युजिक भिडियो यसै साता युट्युव मार्फत सार्वजनिक गरिएको हो । राजकुमार महर्जनको सुन्दर भावले सजिएको प्रेमगीत ‘तिम्रो रुपैको’ म्युजिक भिडियो सार्वजनिक भएको छोटो अवधिमै चर्चा पाउन थालेको छ । भिडियोमा मोडल नयन डीसी र मनिषा श्रेष्ठको अभिनय रहेको छ ।
ललितपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा प्रेमभावले ओतप्रोत दृश्य खिचिएका छन् । आकर्षक गेटअप र ड्रेसअपमा सजिएका मनिषा र नयनको प्रेमभावले गीतलाई उत्कृष्ट बनाउन मद्दत पुगेको छ । राजकुमार महर्जनको निर्माण, अनिल महर्जनको छायांकन, माधव बेलबासेको सम्पादन रहेको सो म्युजिक भिडियो म्यूजिक नेपालले सार्बजनिक गरेको हो ।






