चलचित्र ‘डोलि’ छायांकनमा

काठमाडौं,
वैशाख १५ ।

चलचित्र ‘डोलि’ आजबाट फ्लोरमा गएको छ । किरण नेपालीको लगानी रहने उक्त चलचित्रको छायांकन नुवाकोटका केही सुन्दर बस्तीबाट शुरु गरी रारा, जुम्ला तथा काठमाडौंमा हुने निर्माण पक्षले बताएको छ ।

जयराम थापाको सिनेमाटोग्राफ रहने उक्त चलचित्रमा किशोर खतिवडा, अर्जुन गुरुङ (भंगेरी डन), हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगिता नापित, शतिस खत्री तथा बिरने डिसीलगायतका कलाकारको अभिनय रहनेछ ।

बिरंगना, बृन्दाबन, पाठशालालगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक राजबहादुरको आफ्नै लेखन हो ‘डोली’ । चलचित्रमा सी डी बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको सङ्गीत रहेको छ भने मेलिना राई, अनुष्का पाठक, सी डी बिजय, मनिसा राई र युवराज चापगाईको स्वर रहेको छ ।

चलचित्र छायांकन अगावै सबै गीत तयार भइसकेको छ गीतहरुको एरेन्ज महाराजा थापा र राजकुमार बगरले गरेका हुन् । गीतमा दिनेश सुबेदी, बेबी गुरुङ र हरि उप्रेतीको शब्द रहेको छ । रामजि लामिछानेको कोरियोग्राफ रहने डोलीको ३५ दिने छायांकन सेड्युल बनाईएको छ । राजबहादुरको निर्देशनमा तयार बिरङ्गना पनि असार २९ बाट प्रदर्शनमा आउँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार