काठमाडौं,
वैशाख ११ ।
चलचित्र ‘यात्रा ब्लग’को घोषणा गरिएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मलनबीच चलचित्रको घोषणा गरिएको हो ।
चलचित्रमा अभिनेता सलिनमान बनियाँ मुख्य भुमिकामा देखा पर्दैछन सलिनसँगै यसै चलचित्रबाट मल्लिका महतले डेब्यु पनि गर्ने भएकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा धेरै बर्ष देखि हिट चलचित्र बनाई सकेका कुशल निर्माता तथा अभिनेता केशव भट्टराईले निर्माण गर्ने चलचित्रमा सम्राट शाक्यको डेब्यु निर्देशनमा बन्ने भएको छ ।
४५ दिनको छायांकन सेड्युल बनाएको चलचित्र यहि बैसाखको २५ गतेबाट फ्लोरमा जादैछ । अगामी असोज ५ गतेबाट देशभर प्रदर्शन गर्ने भनिएको यो चलचित्रमा सलिन र मल्लिकाका अतिरिक्त सलोन बस्नेत, रिगेन थापा, प्रेक्षा बज्राचार्य, रियर राईलगायतको अभिनय रहनेछ ।






