‘स्वार्थ तिम्रो’ भन्दै सिताराम (भिडियोसहित)

काठमाडौं,
वैशाख ११।

गायक सिताराम पोखरेलले १७ औं म्युजिक भिडियो सार्बजानिक गरेका छन् । गायक सिताराम पोखरेलको नयाँ गीत ‘स्वार्थ तिम्रो’को भिडियो सार्वजनिक भएको हो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले भिडियो सार्वजनिक गरे ।

गीतको भिडियोमा गायक सिताराम, नायिका अनु शाह, नायक सुवास पराजुली, अर्जुन गौतम र बाल कलाकार प्रांस तिवारीको अभिनय छ । गीतमा रमेश अधिकारीको शब्द र करणराज सङगीत रहेको छ । जनकदीप पराजुलीको निर्देशन गरेको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

२०४४ सालमा रेडियो नेपालबाट ‘सजाई दियौ जिन्दगी नै मेरो’ बोलको गीत रेकर्ड गराएर साङ्गीतिक यात्रा शुरु गरेका सितारामले हालसम्म ‘खोजि हेरिनौ’, ‘विना कारण’, ‘स्पार्क’, ‘अटोबर फोर’, ‘सम्मान’ र ‘सम्मान २’ एल्बम बजारमा ल्याइसकेका छन्।

गायक पोखरेलले नयाँ गीतमा आफूले नयाँ प्रयोग गरेको बताए । ‘गीतको भिडियो दर्शकका लागि रुचीकर बन्न सक्छ । किनकी यसमा हामीले नयाँ सोचको प्रयोग गरेका छौं ।’ उनले भने।

यसमा तपाइको मत

अन्य समाचार