काठमाडौं,
वैशाख १० ।
गीतकार विजया गुरुङको पहिलो एल्वम मोसन अफ लभ बजारमा आएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङको शब्दलाई गायक तथा सङ्गीतकार बिनोद पछाईले सङ्गीत भरेका छन् ।
मोसन अफ लभमा पाचवटा गीत रहेका छन् जसमा अन्जु पन्तको आवाजमा तिम्रा हजार गल्तीलाई माफ गरे मैले, बिश्व नेपालीको आवाजमा आमा मेरी आमा, दीपा लामाको आवाजमा औला गन्दै छु म तिम्रो पर्खाइमा, पल पल साथै रहुँ म तिम्रो, बिन्दु परियारको आवाजमा सिरसिरे बतासैलेलगायतका गीतहरु रहेका छन् ।
बरिष्ठ गीतकार कवि तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा गीतकार विजया गुरुङ, पुना इन्टरनेशनलका अध्यक्ष सिबि गुरुङ्ग, सङ्गीतकार बिनोद पछाईका साथै गायक गायिकाहरुले संयुक्त रुपमा एल्वम बिमोचन गरेका थिए । कार्यक्रममा एल्बममा रहेका गीतहरुलाई गायक गायिकाहरुले प्रत्यक्ष रुपमा गाएर सुनाएका थिए ।
बिजया गुरुङको मोसन अफ लभको आगमनसँगै नेपाली सङ्गीत आकाशमा अर्का एक स्रष्टाको उदय भएको छ । यस एल्बममा रहेका गीतहरु गीतकारले आफ्ना श्रीमान् सीवी गुरुङ प्रति समर्पित गरेकी छन् । एल्बममा रहेका गीतहरुको भिडियो पनि चाडै नै बजारमा आउने गीतकार गुरुङले जानकारी गराइन ।






