वनेपा, काभ्रे
वैशाख १० ।
करेन्ट साङ्गीतक यात्रा वनेपामा सम्पन्न भएको छ । आइतवार काभ्रेको वनेपामा आधा दर्जन भन्दा बढी गायक गायिकाको साङ्गीतक प्रस्तुतिसँगै सम्पन्न भएको हो ।
देशव्यपी रहेको करेन्ट साङ्गीतिक यात्रा आइतवार वनेपा पुगेको हो । जहाँ गायक श्रीकृष्ण लुइटेल ‘बोकेदारी, डेभिड शंकर, माहदेव त्रिपाठी, डम्बर नेपाली, सिमान्त सन्तोष, सारिका घिमिरे, टिका प्रसाईं, धुव्र विश्कोलगायतका गायक गायिककाले प्रस्तुति दिएका थिए ।

वनेपा वसपार्कमा भएको कार्यक्रममा स्थानीय बासिको बाक्लो उस्थितिमा गायक गायिकाले भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए दर्शक/स्रोताहरुलाई ।

मनिसा थापा, इमा थापालगायतले नृत्य प्रस्तुत गरेको उक्त साङ्गीतक कार्यक्रममा उपस्थित दर्शकलाई गिफ्ट ह्यापर पनि प्रदान गरिएको थियो ।

करेन्ट चाउचाउले आयोजना गरेको करेन्ट साङ्गीतिक यात्रा देशका विभिन्न ठाउँहरुमा गर्न लागेको यसका ब्रान्ड एम्बेसडर श्रीकृष्ण लुइटेलले जानकारी गराए ।






