हरेक साँझ भट्टिमा लट्ठिए सुरेश (भिडियोसहित)

काठमाडौं,
वैशाख ८ ।

सुरेश सेन सिंखडा पेशाले पर्यटन व्यवसायि हुन् कामकै शिलशिलामा देश विदेश पुगीरहनु पर्दछ । व्यस्तता त आफ्नो ठाउँमा छँदैछ तथापी समय मिल्नासाथ गीतको श्रृजनाका लागी वसिहाल्छन् ।

उनले आफुलाई गीतकारका रुपमा चिनाउनका लागी थुप्रै गीतहरुका श्रृजना समेत गरिसकेका छन् र तिनिहरुलाई वजारमा ल्याउने कोशिश पनि गरेका छन् जस मध्ये सिंखडाको पछिल्लो गीत हो ‘हरेक साँझ’ साँझ परे पछि भट्टिमा छिरेर लठ्ठ पर्ने जमातको लागी रमाईलो तरिकाले गतिलो झापड हानेका छन् गीतकार सिंखडाले ।

हाईलाईट्स् नेपालले यूटुद्यव मार्फत सार्वजानिक गरेको उक्त गीतमा विरेन्द्र गुरुङको स्वर र संगीत रहेको छ । नितिन चन्दको निर्देशनमा दिपशन शाहको सम्पादन र सुरेश नेपालीको छायांकन रहेको उक्त गीतमा अर्जुन र जुनाले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार