आमालाई अन्तिम चिठ्ठी भन्दै गायक पुष्कल (भिडियोसहित)

काठमाडौं,
वैशाख ८ ।

मन्दिर म्युजिकको प्रस्तुुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत ‘आमालाई अन्तिम चिठ्ठी’ बजारमा आएको छ । जीवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाउनको लागी हिडेको छोरोलाई विरानो भूमिमा कालको साक्षि बनाएर गोलीले मृत्युदण्ड दिएको अवस्थालाई चित्रण गरिएको छ ।

गायक पुष्कल शर्माको शब्द तथा लय सिर्जनामा जीवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । ‘आमालाई अन्तिम चिठ्ठी’ गीतको निर्देशन गायक स्वमले गरेका छन भने सम्पादन दीपक विष्टले गरेका छन् । भिडियोमा पुष्कल शर्मा, सारिका केसी र रश्मी भटटको अभिनय देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार