काठमाडौं,
वैशाख ८ ।
चलचित्र ‘द प्रिन्स’को छायाँकन शुक्रबारबाट उपत्यका भित्रबाट सुरु भएको छ । बिष्णु शिवाकोटी निर्माता रहेकोे चलचित्र एन.पी. फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।
चलचित्रमा प्रिन्स थापा, शिबु शाह, कशिस दाहाल, शिवानी गिरी, सरोज खनाल, निशा केसी, महेन्द्र मैनालीलगायतका कलाकारको अभिनय रहने चलचित्रमा सम्राट थापाको कथा तथा सङ्गीत रहनेछ ।
मदन घिमिरेको निर्देशन रहने चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी रहने छ । ‘द प्रिन्स’ आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जन पुर्ण चलचित्र बन्ने निर्माण पक्षको भनाई छ ।






