काठमाडौं,
वैशाख ७ ।
चलचित्र ‘बेबी आई लभ यू’को ट्रेलर सार्वजनिक भएको छ । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को ट्रेलर सार्वजनिक भएको हो ।
आगामी जेठ १८ गतेबाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रमा लभ स्टोरीको विषयलाई उठान गरिएको छ । फरक धारमा रहेर लभ स्टोरीको विषयलाई लिएर निर्माण गरिएको चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन् ।
उनीहरुसँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिका छन् । त्यस्तै चलचित्रमा राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के. शर्मालगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा लिची इन्टरटेन्मेन्ट प्रा.लि.का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ भने जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।
फिल्मको कथा र सङ्गीत नायक खड्गीको आफ्नै हो । फिल्मको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ । काटुञ्ज क्रु फिचरिङ चलचित्रमा समावेश ‘कान्छी मायालु’ बोलको गीत सार्वजनिक भइसकेको छ ।






