काठमाडौं,
वैशाख ७ ।
चलचित्र हैरानको टिजर सार्वजनिक गरिएको छ । विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज बुक अफ वल्र्डस्मा नाम लेखाउन सफल सौगात विष्टको निर्देशन रहेको चलचित्र ‘हैरान’को टिजर सार्वजनिक भएको हो ।
बिहिबार सार्वजनिक गरिएको चलचित्रको टिजरमा कमेडी, एक्सन र ड्रामको पाटो मिश्रण गरिएको छ । टिजरमा बिभिन्न कलाकारको कमेडी डाइलग सुन्न सकिन्छ ।
आगामी ४ जेठबाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचत्रि डान्स फिभरको ब्यानरमा बनेको हो । मुक्ति घले, शिशिर घिमिरे र डाक्टर वाईएल लामाले संयुक्त निर्माण गरेको यो चलचित्रमा सम्झना पोखरेलको कार्यकारी निर्माता रहेकी छन् ।
चलचित्रमा निरज कडेँल र नवराव उप्रेतीको छायाँकन छ, भने प्रितम पाण्डेको सम्पादन रहेको छ । सत्य–स्वरुपको संगीतमा रहेको चलचित्रमा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राईलगायतका कलाकारहरुको अभिनय छ ।






