काठमाडौं,
वैशाख ५ ।
मोडल सिर्जना पौडेलको निर्देशनमा तयार भएको दोस्रो म्युजिक भिडियो ‘जता जता दियो बाल्छु त्यतै… ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गन्तब्य एल्बममा समावेस यस गीतमा प्रकाश के सि.को शब्द रचना र सन्तोष श्रेष्ठको सङगीत, अन्जु पन्तको श्वर रहेको छ । गीतको भिडियोमा सिर्जना पौडेलको साथमा बुध्हबिर थापालाई फिचर गरिएको छ ।
आफ्नै निर्देशन र आफ्नै अभिनयमा काम गर्न झन् सजह हुने सिर्जनाको भनाई छ । राजधानी आसपास छायांकन गरिएको यस भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको सिनेमाटोग्राफी र मिलन विकको सम्पादन रहेको छ ।
भिडियोलाई कामाना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हो ।






