काठामाडौं,
वैशाख ५ ।
गायिका सानु खतिवडा ‘खुकुरीलाई के थाहा अचानोको पिडा… ’ भन्दै आएकी छन् । उनले हालै स्रोता÷दर्शकमाझ ल्याएको गीतको भिडियोमा यस्तो भनेकी हुन् ।
अम्बरराज रुसालको शब्द तथा ताराबीर पाण्डेको सङ्गीत रहेको गीतको भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाईन्छ ।
राजु लामाले निर्देशन गरेको गीतको भिडियोमा निर्देशक लामाको पनि उपस्थिती देख्न पाईन्छ । अभिनय र गायन दुवैलाई एकै साथ लैजाने सानुले लक्ष्य लिएकी छन् सानुले ।
आधा दशकदेखि नेपाली गीतसङ्गीत क्षेत्रमा लागेकी सुरीलो स्वरकी धनी गायिका सानु खतिवडाले केही समय पहिले ‘पित्तलमा सुनको जलप छ ….’ बोलको गीत सार्वजनिक गरेकी थिईन ।






