काठमाडौं,
बैशाख २ ।
गीतकार अम्बिका गुरुङले आफ्ना स्रोता तथा दर्शकहरुलाई नयाँ वर्ष २०७५ को पहिलो दिन नै एउटा साङ्गीतिक कोशेली दिएकी छिन् । गीतकार गुरुङले नेपाली नयाँ वर्षको पहिलो दिनमै अमेरिकाबाट आफुलाई माया गर्ने स्रोता दर्शकलाई उपहार दिएकी हुन् ।
लोकप्रिय गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘आँखा लाउँछन्….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गीतकार गुरुङ दर्शक तथा स्रोतामाझ आएकी हुन् । उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
धुलिखेलका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्चारकर्मी सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।
शंकर थापाद्वारा सङ्गीतबद्ध उक्त गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् । साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । बुद्ध थापाले उक्त भिडियो छायाँकन गरेका हुन् ।
https://youtu.be/Hv3voPnIfm8






