नौ वर्ष पछि अनिलका एकसाथ दुई एल्बम

काठमाडौं,
बैशाख २ ।

गायक तथा सङ्गीतकार अनिल लामाले नौ वर्ष पछि एकसाथ दुई एल्बम ‘माउन्छेन हर्ट’ र ‘लभ वेज’ स्रोता÷दर्शकमाझ ल्याएका छन् । राजधानीमा आयोजित कार्यक्रममा सांसद जीपछिरिङ सेर्पा, पुर्वसांसद तिर्थ लामा, कलाकार रोज मोत्तान, इन्दिरा गोले, शशिकला मोत्तानलगायतले एल्बमको सामुहिक विमोचन गरेका हुन् ।

विमोचित एल्बम ‘लभ वेज’मा टिका बोम्जनको शब्द तथा सङ्गीतमा चारवटा गीत समेटिएका छन् । पछिल्लो समय चल्तीमा रहेका सङ्गीतकार बोम्जनले एल्बमका गीत श्रवणीय रहेको बताए । त्यसैगरी माउन्टेन हर्टमा ‘बुत्तचित्त फल्ने तिमालमा’, ‘देखें तिमीलाई देखें’, ‘निरास नहोउ तिमी’ र ‘म छु तिम्रो साथमा’मा गरी चारवटा गीत समेटिएका छन् । चारमध्ये एउटा गीतमा सुवास राई ‘क्याप्टेन’को शब्द तथा सङ्गीत समेटिएको छ भने बाँकी तीनवटा गीतमा अनिलकै शब्द सङ्गीत रहेको छ ।

२०५७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेपछि गायन तथा सङ्गीत सिर्जनालाई निरन्तरता दिँदै आएका अनिलका यसअघि तृष्णा, एकादेश, पिरतीको जालो र आभास गरी चारवटा एल्बम स्रोता दर्शकमाझ आइसकेका छन् । व्यावसायीक रुपमा संगीतमा लागेका लामाको स्वर तथा सङ्गीत विभिन्न कलेक्सन एल्बममा समेत आइसकेका छन् ।

विमोचन समारोहमा दुई एल्बमका एक एक गीत ‘बुद्धचित्त फल्ने तिमालमा’ र ‘सैलुङे गाउँकी मैच्याङलाई’ गरी दुई वटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार