पर्व युटुयवमा सार्वजनिक

काठमाडौं,
बैशाख २ ।

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘पर्व’ युटुयबमा रिलिज गरिएको छ । गतबर्षको जेठको दोस्रो साता रिलिज भएको यो चलचित्र युटुयबमा सार्वजनिक गरिएको हो ।

सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीलगायतकाको अभिनय रहेको छ ।

यो चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीत चर्चामा रहेको थियो । चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् । गोपिकृष्ण मुभिजले यो चलचित्रलाई प्रस्तुत गरेको हो ।

‘अबदेखि सुवास इन्टरटेन्मेन्टले बनाएका सबै चलचित्र सुवास इन्टरटेन्मेन्टको युटुब च्यानलबाट आउनेछ’, निर्माता सुवास गिरीले भने । उनले आफ्नो ब्यानरमा अबदेखि बनाउने चलचित्र अन्य कम्पनीलाई डिजिटल राइट्समा विक्री नगर्ने बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार