सिताको ‘जर्नी अफ फ्रेट्स’

काठमाडौं,
चैत ३० ।

गायनमा आफुलाई स्थापित गर्ने सोचका साथ प्रशिक्षण लिएता पनि सितार बादनमा आफुलाई स्थापित गरेकी छिन सिता मैया राजचलले । धुनकै तीन एल्बमलाई बजारमा ल्याईसकेकी सिता यसलाई अझै अगाडी बढाउदै छिन । सङ्गीतमा मास्टर्स समेत गरिसकेकी सिताले सङ्गीत पढाएकी पनि छिन । ललितकला क्याम्पसमा ६ वर्ष भन्दा बढी अध्यापन गराएकी सिता पछिल्लो समय ‘संगीत थेरापी’ समेत दिन्छिन ।

‘संगीत केवल मनोरञ्जनको साधन मात्र होइन’ भन्ने हेतुले उनले यसैमाध्यम मार्फत विभिन्न रोगको उपचार समेत गर्ने गरेकी छिन । बिक्रम सम्वत २०५४ सालबाट नै स्टुडियोमा सितार बजाउन थालेकी सिताले केहि गीतमा आफ्नो स्वर पनि दिएकी छिन । तर, उनि सितार बादनलाई नै निरन्तरता दिन चाहन्छिन । सन् २००४ मा परम्परा र सन् २०१२ मा टकिङ स्ट्रिङस नामक धुन सङ्ग्रहित एल्बमलाई बजारमा ल्याईसकेकी छिन । यिनै सिताले सन् २०१८ मा ‘जर्नी अफ फ्रेट्स’ नामक धुन सङ्ग्रहित एल्बमलाई लिएर आएकी छिन ।

पछिल्लो समय गायन र त्यसमा जोडिएको सङ्गीतले चर्चा पाईरहदा सिता भने सितार मार्फत नै आफुलाई आउदा दिनमा अगाडी बढाउँन चाहन्छिन । सितार बादनकै लागि देश तथा विदेशका स्टेजमा देखिने गरेकी सिताले पछिल्लो समय उभिएरै सितार बजाउने गरेकी छिन ।

उनको पछिल्लो एल्बम ‘जर्नी अफ फ्रेट्स’ मा आठ धुन सङ्ग्रहित छन् । यसमा वर्षा, द जर्नी, नटी माइण्ड, रोज गार्डेन, स्टेला अँन ड्रिम, रि युनियन, मिष्ट्री लभ र द बाउन्डलेस फ्लाइट सङ्ग्रहित छन् । उनले नयाँ वर्षलाई लक्षित गर्दै एल्बममा रहेको रोज गार्डेनको भिडियो समेत सार्वजनिक गरेकी छिन । भिडियोमा प्रियंका कार्की, देव राउत र सर्वेश सुवाल फिचर्ड छन् । यसमा प्रकाश तुलाधरको सम्पादन, बुद्ध थापाको छायाँकन रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने यसलाई प्रतिमा थापाले निर्माण गरेकी हुन् । धुन ‘रोज गार्डेन’को कम्पोजर र एरेन्जर जुगल डंगोल हुन् । यसमा गीतारमा अनुप दास, बाँसुरीमा नगेन्द्र राई, तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुङ्गामा थोमस बर्ची रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार