नारायण धितालको तर्की तर्की (भिडियोसहित)

काठमाडौं,
चैत २८ ।

नारायण धितालको स्वरमा रहेको गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक गरिएको छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई वि स्टार नेपालको अफिसिएल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नारायणसँगै बेनिशा हमाल, अर्जुन रत्न भिकारीको अभिनय रहेको छ । हिमाली भेगको मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा नारायण र बेनिशाको मायाको कथालाई प्रस्तुत गरिएको छ ।

गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने सङ्गीत चेतन सापकोटाले दिएका छन् । गीतलाई एरेन्ज महाराज थापाले गरेका हुन् । गीतमा सुदिप बरालको छायाँकन, निशान घिमिरेको सम्पादन र युबराज वाइवाको निर्देशन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार