पोखरामा दिपशिखाको प्रेमलीला

पोखरा,
चैत २८ ।

चलचित्र प्रेमलीलाको पोखरामा शुभमुर्हुत गरिएको छ । फैजी फिल्म्सको ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र प्रेमलीलाको पोखराको ताल बाराही मन्दिरमा शुभमुहुर्त गरी छायाँकन सुरु गरिएको हो ।

शुभमुहुर्त पछी चलचित्र युनिट गीत छायाँकनका लागि जोमसोम तिर लागेको छ । गीतलाई रामजी लामिछाने ले कोरियोग्राफी गर्नेछन । चलचित्रकी निर्मात्री नायिका तथा मोडल दिपशिखा खड्का हुन, खड्काकै कथामा बन्नलागेको चलचित्र प्रेमलीलालाई जनक न्यौपानेले निर्देशन गर्दैछन भने छायाँकन पवन गौतमले ।

प्रेम कथामा बन्न लागेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको सङ्गीत रहेको छ भने राजेश पायल राइ , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ । प्रलाद खरेल मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान र रेखा शाहको मुख्य अभिनय रहेने निर्माणपक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार