चलचित्र तिमी हुन्छौ जहाँको हर सासमा तिमी सार्वजनिक

काठमाडौं,
चैत २७ ।

विकास बस्यालको निर्देशन तथा लेखनमा बनेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मङ्गलबार राजधानीमा पत्रकार भेटको आयोजना गर्दै निर्माण टिमले ‘हर सासमा तिमी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत समावेश गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर समावेश छन् ।
पछिल्लो समय ‘रानी’ चलचित्रमा स्क्रीन शेयर गरेका यी कलाकारद्वय गीतमा निकै रोमान्टिक देखिएका छन् । चलचित्रबारे बोल्दै अभिनेत्री मलिनाले मनिष कै लागि यो चलचित्र खेलेकी बताईन् । ‘ कार्यक्रममा मनिष नहुँदा निकै नै खल्लो लागिरहेको छ । यो चलचित्र साइन गर्नुको सबैभन्दा मेन रिजन नै मनिष हो । यो गीत बनाउन चार दिन लाग्यो, हाम्रो चलचित्रको कथा निकै राम्रो छ’, उनले भनिन् ।

चलचित्रमा उनि दुईसँगै वर्षा सिवाकोटी र स्वरूप पुरुस ढकाललगायत अन्य कलाकारको मुख्य अभिनय छ । चलचित्रको सम्पूर्ण पोस्ट प्रडक्सनको काम किन्डल सिने स्टुडियो (रेड) मा भइईरहेको छ ।

यो चलचित्र असार आठ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको जानकारी पनि यसै पत्रकार सम्मेलन मार्फत गराईयो ।

चलचित्रलाई बिकास बस्यालले निर्देशन गरेका हुन्, चलचित्रको कथा पनि उनको आफ्नै रहेको छ । पत्रकार सम्मेलनमा उपस्थित निर्देशक बस्यालले आफ्नो पहिलो चलचित्र भएपनि राम्रो चलचित्र बनेको बताए ।

चलचित्रमा अभिनेत्री मलिना जोशी, मनिश सुन्दर श्रेष्ठ, स्वरुप पुरुष ढकाल, रवी गिरीलगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई बीएण्डबी फिल्मसको प्रस्तुतीमा मदन दवाडी, दाई चन्द्र दवाडी, हरिप्रसाद अधिकारीलगायतले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माताको रुपमा प्रकाश बास्कोटा रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार