इजिप्ट जादै मिस इको इन्टरनेशनलका लागि मौनता

काठमाडौं,
चैत २६ ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । १० अप्रिल देखि ३० अप्रिलसम्म इजिप्टमा आयोजना हुने उक्त प्रतियोगीतामा सहभागीता जनाउन लामा सोमबार(आज) राती १२ बजे त्यसतर्फ उड्न उड्दैछिन् ।

६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगिताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाउदै प्रतियोगिताका लागि चएन गरेको थियो ।

लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडी प्रतियोगीता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागीता जनाएका थिए ।

कपन निवासी १८ बर्षीय लामाले नेपालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो राम्रो प्लेटफर्म भएको बताइन् । ‘नेपालको कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतीक र पर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर प्रतियोगितामा आफू सहभागी हुन लागेको हो’, उनले भनिन् ।

यसमा तपाइको मत

अन्य समाचार