काठमाडौं,
चैत २६ ।
चलचित्र ‘प्रसाद’को घोषणा भएको छ । सोमबार राजनधानीमा पत्रका सम्मेलनगरि चलचित्रको घोषणा गरिएको हो ।
दिनेश राउतले निर्देशन गर्न लागेको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, नविन मानन्धर मुख्य भूमिकामा रहनेछन् ।
‘नम्रता एउटा राम्रो अभिनय गर्ने कलाकार भएका कारणले पनि मैले उनलाई चौथो चलचित्रमा लिएको हुँ । हामीविच, अरु कुनै त्यस्तो सम्बन्ध छैन ।’ निर्देशक राउतले पत्रकार सम्मेलनमा भने । उनले, चलचित्रले दर्शकलाई रुवाउने वा हसाउने काम त नगर्ला तर हेरिसकेपछि एकपटक सोच्न बाध्य भने गराउने बताए ।
निःसन्तानका कारण श्रीमान् र श्रीमतिबीच आउने असमझदारी, अविश्वास तथा आफैँमा उत्पन्न हुने मानसिक द्वन्द्वसँगै सामाजिक, मुल्य, मान्यताविरुद्धको कथामा यो चलचित्र बन्नेछ ।
चलचित्रमा सुभाष थापा निर्माताको रुपमा रहेका छन् भने सञ्चारकर्मी सुशिल पौडेलले यो चलचित्रको कथा लेखेका हुन् । ‘मैले ९ कक्षामा हुँदा नै यो कथा सोचेको थिएँ । अब, चलचित्र कस्तो बनाउने भन्ने निर्देशकको हातको कुरा भयो’, पौडेलले भने ।
‘चलचित्रको बिषय सम्वेदनशिल छ । मैले सक्दो मिहिनेत गर्नेछु’, चलचित्रको बारेमा बोल्दै नायिका नम्रता श्रेष्ठले भनिन् । वैशाखको अन्तिमबाट छायांकन गर्ने भनिएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, कोशिष क्षेत्री र सुवास भुसालको सङ्गीत रहनेछ ।






