राजधानीमा नेप-जेम्स लाइभ स्टयाण्ड–अप कमेडी शो सम्पन्न

काठमाडौं,
चैत २५ ।

बिगतका केही महिना देखि युट्युव मा चर्चा कमाउदै आएको नेप–जेम्स स्टयाण्ड(अप कमेडी शो सेलिब्रेटी मेनेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा शनिवार राजधानीको मिनभनव स्थित पानस रेष्ट्रोमामा सम्पन्न भएको छ । जहाँ उनीहरुले उपस्थित दर्शकलाई मज्जाले हँसाएको थिए ।

गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुपराज आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कमेडी शो मा पाँच जना हास्य कलाकारहरु लेखमणी त्रिताल, सहर्ष के.सी., रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारी साथै गेष्ट आर्टिष्टमा रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतीहरु दिएका थिए ।

यस्ता खालका स्टयाण्ड–अप कमेडी शो आउँदा दिनहरुमा पनि भइरहनु पर्ने सत्यराज आचार्यले बताए । सो कार्यक्रमको सञ्चालन अमृत काफ्लेले गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार