तेस्रो सातामा शत्रुगते

काठमाडौं,
चैत २३ ।

गत चैत ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फ्यामिली ड्रामा चलचित्रलाई दर्शकले रुचाएपछी चलचित्र प्रदर्शन भइरहेको अधिकाँस हलमा यसले निरन्तरता पाएको हो ।

‘फिल्मको कलेक्सन राम्रो छ, त्यसैले अधिकाँस हलमा यसले नै निरन्तरता पाएको छ’ वितरक बिक्रम पराजुलीले बताए । उनि फिल्म वितरणको जिम्मा पाएको एफडी कम्पनिका सदस्य हुन् ।

उपत्यकाको अधिकाँस हममा पनि चलचित्रले निरन्तरता पाएको छ । ‘चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्दो नै छ, त्यसैले मल्टिप्लेक्समा राम्रो शो पाएको छ भने सिङ्गलमा पनि राम्रो सङ्ख्यामा हल छ’ उपत्यका वितरक गोपाल काजी कायस्थले बताए । चलचित्रले तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

चलचित्र राजधानीमा रहेको क्युएफएक्स च्यानल अन्तर्गतको हलमा सिभिल मलमा ५ शो, लबीम मलमा ६ शो, छायाँ सेन्टरमा ५, कुमारी हलमा ४ र जय नेपालमा २ शो गरि कुल २२ शो पाएको छ । यसैगरी अन्य मल्टिप्लेक्स अन्तर्गत सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो, राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो, बिजी मलमा रहेको बीएसआर मुभिजमा ४ शो, केएल टावरमा रहेको एफक्युबमा ७ शो र सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो पाएको छ ।

चलचित्रलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । ‘चलचित्र रिलिजको समयमा एसईईलगायतका धेरै परिक्षा थियो, त्यसैले त्यसबेला चलचित्र हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन् ‘चलचित्रलाइ दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’ चलत्रिचमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुसाल, रमेश रंजन झालगायतको अभिनय रहेको छ ।

चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार