काठमाडौं,
चैत २३ ।
शुक्रवार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘तिमीसँग’ प्रदर्शनमा आएको छ । शिशिर राणाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘तिमीसँग’ आजदेखी देशब्यापी रुपमा प्रदर्शनमा आएको हो ।
चलचित्रमा अभिनेताद्धय नजिर हुसेन र आकाश श्रेष्ठको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ ।
केन्द्रिय चलचित्र जाँच समिती(सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको चलचित्र नमन प्रोडक्सनको ब्यानरमा बनेको हो । २ घण्टा १७ मिनेट लामो चलचित्रमा साम्राज्ञी, नजिर र आकाशको साथमा शिशिर राणाको अभिनय छ । यात्राको कथामा बनेको चलचित्रको प्रिमियरमा पनि धेरैले तारिफ गरेका थिए ।






